मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु
+
-

कास्की– यो वर्ष मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ।

नेपालमा गत जेठ २७ गतेदेखि मनसुन सुरु भएको थियो। त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपदमा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन्। विपदमा परेर ८९ जना घाइते भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपदमा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन्।

त्यस्तै बेपत्तामध्ये नौ जना बालबालिका छन् भने घाइतेमध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन्। मनसुन शुरु भएयता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरो लगायत प्राकृतिक विपदजन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ। सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ। तीमध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा ६ बालक रहेका छन्।

त्यस्तै प्राकृतिक विपदमा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र ६ बालक गरी कुल ३१ जनाले ज्यान गुमाएका छन्। स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कुल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

त्यसैगरी सो अवधिमा प्राकृतिक विपदमा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कुल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कुल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कुल १० जनाको मृत्यु भएको छ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कुल चार, गोरखामा एक महिला तथा दुई पुरुष गरी कुल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कुल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बाढी, पहिरो लगायत विपदमा परी हालसम्म २३ जना बेपत्ता रहेकोमध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक/एक जना छन्। नौ महिला र पाँच पुरुष बेपत्ता छन्।

प्राकृतिक विपदमा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका ६ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ। म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?