
इङ्लिस प्रिमियर लिगमा यो सिजन अपराजित रहेका लिभरपुल र आर्सनल सोमबार आमने सामने हुँदैछन्। साविक विजेता लिभरपुल घरेलु मैदानमा उत्रने छ।
दुवै टोलीले यो सिजन दुई खेल खेल्दै ६ अंक जोडेका छन्। लिभरपुलले पहिलो खेलमा लिड्सलाई ४-३ र दोस्रो खेलमा चेल्सीलाई २-० गोलले हराएको थियो। आर्सनलले पहिलो खेलमा फुलहमलाई ३-० र दोस्रो खेलमा वेस्टहामलाई २-१ गोलले हराएको थियो।
पछिल्लोपटक यी दुई टोली गत महिना कम्युनिटी सिल्डमा भिडेका थिए जसमा आर्सनलले लिभरपुललाई २-१ गोलले हराएको थियो टाइब्रेकरमा। प्रिमियर लिगमा यी दुईबीच भएको अन्तिम भिडन्तमा पनि आर्सनल विजयी भएको थियो। प्रिमियर लिगमा सन् २०१५ पछि पहिलोपटक आर्सनलले लिभरपुललाई हराएको थियो, गत सिजन।
यो सिजन प्रिमियर लिगमा लेस्टर सिटी र एभर्टनले तीन खेल खेल्दै ९ अंक जोडेका छन्।