हिमाल पारीको विद्यालयमा रोकिएको छैन पठन-पाठन

हिमाल पारीको विद्यालयमा रोकिएको छैन पठन-पाठन
+
-

सिमकोट – कोरोना संक्रमणले चौतर्फी त्रासदी बढाएका बेला हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका विद्यालयमा पठन पाठन जारी रहेको छ ।

गाउँमा बाहिरका मानिस आउन नपाउने र गाउँका मानिस बाहिर नजाने नियम बनाइएपछि लिमीका दुईवटा विद्यालयमा पठन पाठन जारी राख्न संभव भएको हो।

केही दिन अगाडि विद्यालय पुगेर आएका सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले गत फागुन महिनावाटै विद्यालय पठन पाठन जारी रहेको बताए।

कोरोनाको प्रभाव नदेखिनु र गाउँकै स्थानीय शिक्षक भएपछि पठन पाठन जारी राख्न सकिएको उनले बताए।

हाल विद्यालयमा तीनजना शिक्षक रहेको र उनीहरु तीनै जनालाई एकजना अमेरिकी नागरिकले पारिश्रमिक व्यहोर्दै आएका छन् ।

सरकारी दरबन्दीका शिक्षक भने एक पटक विद्यालयमा पुगेर फिर्ता भई सकेका छन् । कक्षा पाँचसम्म अध्ययन हुने सो विद्यालयमा ५६ जना विधार्थी रहेको बताउँदै प्रअ बुढाले विद्यालयले अर्धवार्षिक परीक्षा समेत भइसकको बताए।

उनले पढाई निरन्तर चलेको कारण निर्धारित समयमा विद्यालयले पठन पाठन पुरा हुने बताए। उक्त वडाका वडाअध्यक्ष पाल्जोर तामाङले मुख्य गरि यसरी पठन पाठन जारी राख्न सक्नुमा गाउँको नियम कडा रहेकोले त्यो संभव भएको बताए ।

नाम्खा गाउँपालिका कै अन्य १४ वटा विद्यालय कोरोनाका कारण पहिले बन्द गरेर एक पटक विद्यालय सञ्चालन गरेर पुनः बन्द भएका छन् ।

कोरोना संक्रमणको कारण विद्यालय बन्द रहेको जानकारी लिमीका बासिन्दाहरुले तीन दिन पछि काठमाडौँमा बसेका आफन्तबाट टेलिफोनमा सुनेका थिए । त्यसपछि गाउँवाट बाहिर जान र गाउँमा प्रवेश गर्न निषेध गरिएको थियो । त्यसवाट पनि लिमीमा पठन पाठन जारी राख्न सहज भएको हो । लिमीकै अर्को गृकुटी प्राविमा पनि पठन पाठन जारी रहेको छ ।

यसैबीच कोरोनाको कारण दुई पटक बन्द गरिएका ताँजाकोट गाउँपालिकाकाका विद्यालयमा असोज १८ गतेवाट पठन पाठन सुरु हुने भएको छ ।

गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनमा ल्याउने निर्णग गरेपछि ताँजाकोटका सवै विद्यालयमा पठन पाठन सुरु हुने भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?