काँग्रेस नेता शाहीले विवादित भनिएको भूमि ललुङजोङमा जाने

काँग्रेस नेता शाहीले विवादित भनिएको भूमि ललुङजोङमा जाने
+
-

सिमकोट-पुर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको विवादित भनिएको भूमिको स्थलगत रुपमा हेर्नका लागि ललुङजोङ जाने भएका छन् ।

सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भूमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै स्थलगत रुपमा जान लागेका हुन्।

बुधवार सदरमुकाम सिमकोटबाट चिनीया पक्षले भवन बनाएको क्षेत्र ललुङजोङतर्फ जाने कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले बताए।

अहिले बाहिर आएको कुरा प्रति बिस्वास नलागेर स्थलगत रुपमा आफै जान लागेको उनले बताए । नेता शाहील नेपाल र चीनको सिमाना १२ नमबर पिलर सम्म जाने भएका छन्।

ललुङजोङको स्थलगत अवलोकन मात्र होईन लिमीका पुराना जेष्ठ नागरिकसंग कुराकानी पनि गर्ने उनले बताए। उनको टोलीलाई ललुङजोङ पुग्न दुई देखि तीन दिन लाग्ने छ।

केही समय अगाडि सो क्षेत्रको अनुगमन गरेर फर्केको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको टोलीले दुबै देशका नक्शा भिडाउदा चीनले भवन बनाएको क्षेत्र ललुङजोङ चिनीया भुमि भएको निष्कर्ष निकालेको भएपनि नाम्खा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाले नेपालले उपभोग गर्दै आएको बताउदै आएका छन्।

भवन बनेको क्षत्र ललुङजोङ भन्दा डेढ किलो मिटर फर नेपालले २०६६ सालमा मेशिन लगाएर सडक निर्माण गरेको थियो।

त्यतिखेर नेपाली भुभाग भनेर नेपाली निर्माण कम्पनीलाई काम गर्न दिने अहिले नक्शामा चीनले सो क्षेत्र आफ्नो भनेको कुरा प्रति नेता शाहीको असहमति रहदै आएको छ। सोही क्षेत्रमा यस सोमवार संघीय सासद छक्क बहादुर लामा पनि गइ सकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?