
अ
+
अ
अ
-
विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन ग्रान्डस्लामको दोस्रो चरणमा पुगेका छन्। पहिलो चरणको खेलमा ३३ वर्षीय यी सर्बियनले मंगलबार साँझ स्वीडेनका २२ वर्षीय मिकाइल यमरलाई सोझो सेटमा पराजित गरे।
जोकोभिचले यो खेल ६-०,६-२ र ६-३ ले जिते। कुनै पनि समय जोकोभिच दबाबमा देखिएनन्। केही साताअघि भएको यूएस ओपनमा आफुले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि जोकोभिच प्रतियोगिताबाट आउट हुन पुगेका थिए।
जोकोभिचले हालसम्म १७ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन्। सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररको २० उपाधिको कीर्तिमान तोड्ने दौडमा उनि छन्।
राफेल नाडलले पनि १९ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन्। नाडाल फ्रेन्च ओपनको १३ पटकका विजेता हुन्। जोकोभिचले भने यो प्रतियोगिता एकपटक मात्र जितेका छन्।