विश्वका ४० प्रतिशत वनस्पति लोप हुने जोखिममा

विश्वका ४० प्रतिशत वनस्पति लोप हुने जोखिममा
+
-

विश्वका ४० प्रतिशत वनस्पति लोप हुने जोखिममा रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

नयाँ प्रजातिहरुको नाम र उनीहरुका बारेमा विस्तृत विवरण संकलन गर्न नपाउँदै प्रजातिहरु लोप हुने गरेकाले आफूहरुलाई तथ्यांक राख्नै समय अपुग हुने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

विश्वका हरेक पाँच प्रजातिका वनस्पति मध्ये दुई प्रजाति प्राकृतिक वातावरणमाथि मानवीय अवरोधका कारण लोप हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

वनस्पती तथा फङ्गाई पृथ्वीमा मानव तथा प्राणीको अस्तित्वका लागि महत्वपूर्ण पक्ष हुन् । तर अहिले वनस्पति तथा फङ्गाईहरु पहिचान गर्न नपाउँदै लोप हुने क्रममा रहेको वैज्ञानिकहरुले बताएका छन् ।

औषधिय गुण, इन्धनको क्षमता भएका तथा खाद्य सुरक्षाका हिसाबले महत्वपूर्ण रहेका वनस्पति तथा फङ्गाई लोप हुने क्रममा रहेको रोयल बोटानिक गार्डेन्स, किवको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

तस्बिर : गेट्टी इमेज

महत्वपूर्ण वनस्पति तथा फङ्गाई लोप हुने क्रम तीव्र हुँदा खाद्य सुरक्षा तथा जलवायु परिवर्तनसहितका महत्वपूर्ण मुद्दामा तिनीहरुको प्रयोग गर्न सकिने अवसर गुम्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

४२ देशका २०० भन्दा बढी वैज्ञानिकले विश्वका वनस्पति तथा फङ्गाईको अवस्थाबारे विश्लेषण गरी प्रतिवेदन तयार पारेका हुन् ।

किव डाइरेक्टर अफ साइन्स, प्राध्यापक एलेक्सान्ड्रे एन्तोनेलीले अहिलेको समय लोपको समय रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी अहिले लोपको युगमा छौँ । यो अति चिन्ताजन कुरा हो र तत्काल प्रभावकारी कदमको खाँचो छ ।’

उनले भनेका छन्, ‘हामीले यो दौड हारिरहेका छौँ किनकी हामीले थाहा पाउनु भन्दा पहिले नै पनस्पतिहरु लोप भएका छन् ।’

बाँकी रहेका वनस्पति मध्ये सीमित मात्रै खाद्यान्न तथा इन्धनका रुपमा प्रयोग गर्न मिल्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा अहिले सात हजार भन्दा बढी वनस्पति मात्रै खान योग्य क्षमताको रहेको र तिनीहरुलाई भविष्यमा खाद्यान्न बालीका रुपमा प्रयोग गर्न मिल्ने देखिएको छ । त्यसमध्ये पनि सीमित मात्रै बढ्दो जनसंख्याको खाद्य माग पूरा गर्नका प्रयोग गरिएको छ ।

यस्तै झण्डै २५ सय वनस्पतिले विश्वका दशौँ लाख मानिसलाई इन्धन प्रदान गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

वनस्पति लोप हुने दर यसअघि आँकलन गरिए भन्दा अत्याधिक रहेको अनुमान वैज्ञानिकले बताएका छन् । विश्वबाट एक लाख ४० हजार अर्थात ३९.४ प्रतिशत भास्कुलर प्लान्टहरु लोप हुने जोखिममा रहेको वैज्ञानिकले आँकलन गरेका छन् । यो दर सन् २०१६ मा २१ प्रतिशत थियो ।

औषधिका रुपमा प्रयोग हुने ७२३ प्रजातिका वनस्पति लोप हुने जोखिममा रहेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा १९ सय ४२ वनस्पति तथा १८ सय ८६ नयाँ फङ्गाई विज्ञानिकले सूचिकृत गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?