
अ
+
अ
अ
-
पूर्व विजेता स्टान वावरिन्का फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको तेस्रो चरणमा पुगेका छन्। स्वीट्जरल्याण्डका ३५ वर्षीय वावरिन्काले डोमिनिक कोएपफरलाई चार सेट खेलेर हराए। सुरुका दुई सेट जितेका वावरिन्काले तेस्रो सेट गुमाएपछि खेल चौथो सेटमा पुगेको थियो।
वावरिन्का ६-३, ६-२, ३-६ र ६-१ को सेटमा विजयी भए। वावरिन्काले तीन पटकका एकल ग्रान्डस्लाम विजेता हुन्। उनले सन् २०१५ मा फ्रेन्च ओपन जितेका थिए।
सन् २०१६ मा यूएस ओपन र सन् २०१४ मा अस्ट्रेलियन ओपन हात पारेका थिए। सन् २०१७ को फ्रेन्च ओपनमा पनि उनी फाइनलसम्म पुगेका थिए। त्यसयता उनी कुनैपनि ग्रान्डस्लाममा फाइनलसम्म पुग्न सकेका छैनन्।