आईपीएल क्रिकेट २०२० : ‘डेथ ‌ओभर’मा बलरको धुलाई

आईपीएल क्रिकेट २०२० : ‘डेथ ‌ओभर’मा बलरको धुलाई
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत  दिल्ली क्यापिटल्सले मंगलबार राती किङ्स इलेभेन पन्जाबविरुद्ध अन्तिम चार ओभरमा ७९ रन जोड्यो र खेललाई टाईमा पुर्‍यायो।  उसले त्यसबीचमा एकै ओभरमा २७ रनसम्म थपेको थियो।

राजस्था रोयल्सले किङ्स इलेभेन पन्जाबविरुद्धको खेलमा २ सय २४ रनको लक्ष्य पुरा गर्दा अन्तिम समयमा छक्काको वर्षा गरेको थियो। १८ औँ ओभरमा राहुल तेवटियाले सेल्ड्रन कट्रेललाई पाँच छक्का प्रहार गरे।

१९ औँ ओभरमा मोहम्मद सामीलाई जोफ्रा आर्चरले दुई छक्का र राहुल तेवटियाले एक छ्क्का प्रहार गरेका थिए। ती दुई ओभरमा मात्र राजस्थानले ५० रन जोडेको थियो।  आईपीएलको इतिहाँसमा यसअघि यति धेरै रनको लक्ष्य पुरा भएको थिएन।

क्रिकेटमा पालीका अन्तिम केही ओभरलाई डेथ ओभर मानिन्छ जहाँ ब्याट्सम्यानहरु ठुला ठुला प्रहार गरेर धेरै रन जोड्न प्रयाश गर्छन्। हरेक बलमा छक्का र चौका वर्षाउन खोज्छन्। टीट्वेन्टी क्रिकेटमा पालीका अन्तिम ५ ओभरलाई डेथ ओभर मानिन्छ। यी ओभरमा बलिङ गर्ने बलरहरु अक्सर छक्का चौकाको शिकार हुन्छन् र उनिहरुको बलिङ इकोनोमी माथी जान्छ। त्यसैले अनुभवी बलरहरुलाई डेथ ओभरको जिम्मा दिइन्छ।

आईपीएलको यो सिजन डेथ ओभरमा बलरहरुको धुलाई भइरहेको छ। लिग चरणका खेलहरु चलिरहँदा टिमहरुले २० औँ ओभरमा औसतमा १४.२४ रन जोडिरहेका छन्। सुरुका १४ ओभरमा औसतमा बनेको रन प्रति ओभर ९ सम्म छ। १५ औँ ओभरमा १०.४१, १६ औँ ओभरमा ८.०४, १७ औँ ओभरमा ११.१६, १८ औँ ओभरमा ११.७८ र १९ औँ ओभरमा १०.८१ रन औसतमा बनिरहेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?