
देश सञ्चार
असोज १५, २०७७

अ
+
अ
अ
-
विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन ग्रान्डस्लामको तेस्रो चरणमा पुगेका छन्।
बिहीबार भएको खेलमा जोकोभिचले रिकार्दस बेरानकिसलाई सोझो सेटमा हराए। लिथुवानीयाका ३० वर्षीय बेरानकिस कुनैपनि समय खेलमा फर्कन सकेनन् र ६-१,६-२ र ६-२ को सोझो सेटमा पराजित भए। बेरानकिस कुनैपनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेका छैनन्।

