खोप आए पनि जनजीवन छिट्टै सामान्य बन्दैनः वैज्ञानिक

खोप आए पनि जनजीवन छिट्टै सामान्य बन्दैनः वैज्ञानिक
+
-

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने चेतावनी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।

कोरोना भाइरस महामारीको एक मात्र अचूक ओखती वा विकल्पका रुपमा खोपलाई लिइएको छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा छन्, त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उल्लेख छ । खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले बताएका छन् ।

खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने वैज्ञानिकहरुले सो प्रतिवेदनमा सुझाव दिएका छन् ।

इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा. फिओना कलीले भनेकी छन्, ‘महामारी अन्त्यका लागि खोपसँग ठूलो आश छ, तर खोप विकासको इतिहास हेर्दा धेरै असफलताहरु पनि आएका छन् ।’

बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुमा बिस्तारित रुपमा खोप लगाउने क्रम सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकामा त खोपले राजनीतिक विषयकै रुप लिएको छ ।

तर रोयल सोसाइटीको रिपोर्टले भने खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ ।

इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भनेका छन्, ‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन । खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?