
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत शुक्रबार राती भएको खेलमा महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्सलाई सनराइजर्स हैदराबादले सात रनले हराएको छ।
एक सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र जोड्न सक्यो। चेन्नईका लागि तल्लोक्रमका रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए। कप्तान धोनीले अविजित ४७ रन जोडे। फाप डु प्लेसिसले २२, सेन वाट्सनले १, अम्बाती रायुडुले ८, केदार ज्यादभले ३ र साम कुरानले १५ रन बनाए। साम कुरानले अन्तिम बलमा छक्का प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्।
हैदरावादका बलर रसिद खानले चार ओभरमा १२ रनमा खर्चिए। टी नाटाराजनले चार ओभरमा ४३ रन खर्चिएर २ विकेट हात पारे। भुवनेश्वर कुमार र अब्दुल सांसदले एक एक विकेट हात पारे।
त्यसअघि हैदराबादको पालीमा प्रियम गार्गले ५१ रन बनाए। अभिशेक शर्मााले ३१, मनिष पाण्डेले २९ र डेभिड वार्नरले २८ रन बनाए। जोनी बेयर्स्टले शुन्यमा आउट भएभने केन विलियमसनले ९ रनमात्र बनाउन सके।
सनराइजर्सले चार खेलमा चार अंक जोडेको छ। चेन्नईले ४ खेलमा दुई अंकमात्र हात पारेको छ।