जब दिल्लीलाई २ सय २९ रनको लक्ष्य जोगाउन पनि हम्मेहम्मे पर्‍यो

जब दिल्लीलाई २ सय २९ रनको लक्ष्य जोगाउन पनि हम्मेहम्मे पर्‍यो
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत शनिबार राती भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ।

दिल्लीले २ सय २९ रनको लक्ष्य दिएपनि कोलकाता नाइट राइडर्सले आच्छुआच्छु बनाएको थियो। कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १८ रन जोड्यो। कोलकाताका नितिश रानाले ५८, इयोन मोर्गनले ४४, राहुल त्रिपाटीले ३६ र सुबमन जिलले २८ रन जोडे। दिल्लीका बलरहरु एनरिच नोर्त्याले तीन र हर्सल पटेलले दुई विकेट लिए।

कागिसो राबडा, मार्कस स्टोइनिस र अमित मिश्राले एक एक विकेट हात पारे। मोर्गन र त्रिपाटीले अन्तिम समयमा दिल्लीलाई निकै दबाबमा राखेका थिए। तर नोर्त्याले मोर्गनलाई आउट गरेसँगै कोलकाता संकटमा परेको थियो। अन्तिम पाँच ओभरमा कोलकातालाई ९२ रन आवश्यक थियो जतिबेला त्रिपाटी र मोर्गन ब्याटिङमा थिए।

कोलकाताले १६ औँ ओभरमा १४, १७‍ औँ ओभरमा २४ र १८ औँ ओभरमा २३ रन जोडेपछि कोलकाताले खेल जित्न सक्ने स्थिती देखिएको थियो। तर १९ औँ ओभरको तेस्रो बलमा नोर्त्याले मोर्गनलाई आउट गरे। मोर्गनले १८ बलमा पाँच छक्का र एक चौका प्रहार गरे। २० औँ ओभरमा कोलकातालाई २६ रन चाहिएको थियो। पहिलो बलमा चौका प्रहार गरेका त्रिपाटीलाई दोस्रो बलमा स्टोइनिसले आउट गरे।

त्यसअघि दिल्लीको पालीमा कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी सले ६६ र रिसभ पन्तले ३८ र शिखर धवनले २६ रन जोडे। अय्यरले ३८ बलमा ६ छक्का र ७ चौका प्रहार गरे। सले ४१ बलमा चार छक्का र चार चौका हिर्काए। दिल्ली चार खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको पनि चार खेलबाट ६ अंक छ। कोलकाताको चार खेलबाट चार अंक छ।

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’