मुम्बईको तेस्रो जित : डी कोक, पोलार्ड र पाण्ड्या दाजुभाईको आक्रामक ब्याटिङ

मुम्बईको तेस्रो जित : डी कोक, पोलार्ड र पाण्ड्या दाजुभाईको आक्रामक ब्याटिङ
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार साँझ भएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ। पहिला ब्याटिङ गरेको मुम्बईले २ सय ९ रनको लक्ष्य दिएको थियो।

मुम्बईको पालीमा क्विन्टन डी कोकले ६७, इसान किसनले ३१, सुर्यकुमार यादबले २७, हार्दिक पाण्ड्याले २८, कायरन पोलार्डले २५ र कुनाल पाण्ड्याले २० रन बनाए। हैदरारबादले निर्धारित २० ओभर खेलेपनि  ७ विकेट गुमाएर एक सय ७४ रन मात्र जोड्न सक्यो। हैदराबादका कप्तान डेभिड वार्नरले ६०, मनिष पाण्डेले ३०, जोनी बेयर्स्टोले २५ र अब्दुल समादले २० रन जोडे।

टोलीले एक सय ४२ रन जोड्दा वार्नर पाँचौँ विकेटका रुपमा आउट भएसँगै हैदराबाद संकटमा परेको थियो। प्रारम्भिक ब्याट्सम्यान वार्नरलाई जेम्स प्याटिन्सनले आउट गरे। मुम्बईका ट्रेन्ट बोल्ट, प्याटिन्सन र जसप्रित बुमराहले दुई दुई विकेट हात पारे। कुनाल पाण्ड्याको नाममा एक विकेट रह्यो।

मुम्बईको पाँच खेलबाट ६ अंक छ। पाँच खेल खेलेको हैदराबादको चार अंक मात्र छ। चार खेलबाट ६ अंक भएको दिल्ली क्यापिटल्स शीर्षस्थानमा छ। त्यसअघि मुम्बईले हैदराबादविरुद्ध अन्तिम चार ओभरमा ५९ रन जोड्यो।

डी कोकले ३९ बलमा चार छक्का र चार चौका प्रहार गरे। हार्दिकले १९ बलमा दुई छक्का र दुई चौका हिर्काए। १३ बल खेलेका पोलार्डले ३ छक्का प्रहार गरे। कुनालले चार बलमा २ छक्का र दुई चौकासहित २० रन जोडे। उनले पालीका अन्तिम चार बल सामना गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?