बैँक तथा वित्तीय संस्थामा कार्यरत २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण

बैँक तथा वित्तीय संस्थामा कार्यरत २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण
+
-

काठमाडौँ–बैंक तथा वित्तीय संस्थाहरुका २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्र बैँकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अहिलेसम्म नेपालभरि २ हजार ८१ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।

उनले कर्मचारी तथा उनका परिवार गरी २९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

नेपाल राष्ट्र बैंकका ४९ जना कर्मचारी र ५० जना परिवारका सदस्य गरी कुल ९९ जनामा कोरोना पुष्टि भइसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकका १ हजार ७ सय ५७ जना, विकास बैंकहरुका २ सय ५४ जना र वित्त कम्पनीका ७० जनामा कोरोना संक्रमण भएको छ।

लकडाउन तथा निषेधाज्ञाका समयमा पनि बैंक तथा वित्तीयहरुले सेवा प्रवाह गरेका थिए। बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा नै कोरोना देखिएपछि जोखिम अझ बढेको छ। बैकिङ क्षेत्र अत्यावश्यक भएकाले सेवाग्रहीमा कोरोनाको जोखिम बढ्ने देखिएको छ।

नियमन विभागका प्रमुख ढकालले कर्मचारीहरुमा कोरोना देखिए पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राही र कर्मचारीको सुरक्षाका लागि अझ सजग भएर काम गर्ने बताए।

उनले संक्रमित कर्मचारीहरु आइसोलेशनमा बस्ने र अन्य कर्मचारीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै काम गर्ने बताए। उनले भने, ‘जोखिम सबै तिर बढिरहेको छ। अब अझ बढी सजग, सुरक्षित भएर काम गर्नुपर्ने देखियो। आफू र सेवाग्राहीको सुरक्षालाई ध्यान दिएर काम गर्नुपर्छ।’

बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएमा संक्रमित कर्मचारीको आइसोलेसन बस्दाको सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाल गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक तथा वित्तीय संस्थाहरु अत्यावश्यक भएकाले जोखिम मोलेर भए पनि काम गर्नुपर्ने बताए। कोरोना जोखिम बढिरहेको नै छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुमा कोरोना देखिएको छ। उनले भने, ‘अझै सुरक्षित भएर काम गर्नुपर्छ। हामीले पालोपालो गरेर काम गरिरहेका नै छौँ। हामीले आफूसँगै सेवाग्राहीको सुरक्षाको पनि ख्याल राख्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?