
आयो के हो बढ्यो त्राश नाक मुख छोप्ने दिन
मान्छेदेखि डर्दै मान्छे परपर सर्यो किन
समाचार सधैँ उही छैन नयाँ कुनै अरु
चिनाजानी नातागोता कता गए आफ्नाहरु ।।
मर्दा पनि छैन शुख ताना तान यता उता
नौलो कात्रोमा छ लास खन्यो खाल्डो जतातता
बुर्की छर्नु पनि छैन मालाकोत कुरै गयो
दाग बत्ती पनि बन्द चीता घुम्ने कथा भयो ।।
काल हो कि अकाल यो गिन्ती बढ्दो दिन दिन
शान्त पार्न मन कतै ठाउँ छैन एकै छिन
बेला छँदै अब सोचौँ जन कल्याणका कुरा
खेल मात्रै खेलि बसे फुट्ने छन धेरै चुरा ।।