
मानिसको जीन सम्पादन गर्ने प्रविधि पत्ता लगाउने दुई जना महिला वैज्ञानिकलाई यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ।
फ्रान्सकी इम्यानुअल्ले कार्पेन्टियर र अमेरिकाकी जेनिफर ए डोउड्नालाई जिन सम्पादन ‘जीनोम इडिटिङ’ प्रविधि पत्ता लगाएकामा संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा बुधबार भएको हो।
यसअघि यो पुरस्कार एकभन्दा बढी महिला मात्रले पाएका थिएनन्। उनिहरुले संयुक्तरुपमा ८ लाख ६१ हजार २ सय पाउन्ड प्राप्त गर्नेछन्। सन् २०११ मा यी दुई महिला वैज्ञानिकले अनुसन्धान अगाडि बढाएका थिए।
प्रत्येक वर्ष विभिन्न ६ विधामा यो पुरस्कार प्रदान गरिँदै आएको छ । अहिलेसम्म चिकित्सा, भौतिकशास्त्र र रसायनशास्त्र गरी तीन विधाको नोबेल पुरस्कारको घोषणा भइसकेको छ ।