बहुप्रतिक्षित एप्पलको आइफोन ट्वेल्भ आउँदो मंगलबार सार्वजनिक हुने

बहुप्रतिक्षित एप्पलको आइफोन ट्वेल्भ आउँदो मंगलबार सार्वजनिक हुने
+
-

काठमाडौँ-सामाजिक सञ्‍जाल र अन्तराष्ट्रिय मिडियाका अनुसार एप्पलको बहुप्रतिक्षित आइफोन ट्वेल्भ अक्टोबर १३ अर्थात मंगलबार सार्वजनिक हुने भएको छ।

उक्त इभेन्ट नेपाली समय अनुसार आउँदो मंगलबार राति १०:४५ बजेबाट सुरु हुनेछ भने एप्पलको वेबसाइट, एप्पल टिभी एप र युट्युबमा समेत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।

‘हाई स्पीड’ट्यागलाइनसहित कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेको अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमहरुले उल्लेख गरेका छन् ।

एप्पलले सार्वजनिक गरेको पोस्टरका अनुसार कार्यक्रम अमेरिकी समयअनुसार बिहान १० बजे एप्पल पार्कमा आयोजना हुनेछ।

कम्पनीले उक्त भर्चुअल इभेन्टको बारेमा पूर्ण जानकारी दिएको छैन। तर बहुप्रतिक्षित आइफोन ट्वेल्भ सिरिजका स्मार्टफोनका साथै ओभर-इयर हेडफोन लगायतका डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसका साथै आईफोन ट्वेल्भ सिरिजमा चारवटा स्मार्टफोन सार्वजनिक हुनेछन् , जसमा आईफोन मिनी, प्रो र म्याक्स हुन सक्ने अपेक्षा गरिएको छ।

तीमध्‍ये आइफोन मिनीमा ५.४ इन्चको डिस्प्ले रहनेछ भने यसलाई सिरिजकै सबैभन्दा सस्तो फोन हुनेछ। यसैगरी आईफोन ट्वेल्भ सिरिजमा फाइभजी सपोर्ट र ए१४ बायोनिक चिपसेट समेत जडित भएको अनुमान गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?