कविता

यहाँ समाज पनि बलात्कारी छ

यहाँ समाज पनि बलात्कारी छ
+
-

मेरो देशमा बलात्कारी

मात्र बलात्कारी छैन

ऊ त फगत मखुण्डो हो

उसका अनुयायी छन्

जता पनि छ्याप्छ्याप्ती आफन्त

साथीभाइ, छिमेकीका भेषमा

हरेक दिन अस्मिता लुट्न

तम्तयार छन् पिपासुहरू

हवसका सिकारीहरू

अमानवीयताको हद नाघेर

अबोध बालिका , किशोरी र बृद्धामाथिको

बर्बरता र जीवन हरण

कहाँ गएर रोकिन्छ त्यो बलात्कारी?

कहिले तृप्त हुन्छ त्यसको प्यास?

हुन त यौन लिप्साले

लुप्त अपराधी मात्र बलात्कारी होइन

इमानदारको स्वाभिमान लुट्नु

पनि बलात्कार हो

भोको गरिबको छाक

लुट्नु पनि बलात्कार हो

महँगो उपचारको नाममा

असहायको जेब लुट्नु पनि बलात्कार हो

जनताको विश्वास लुट्नु पनि बलात्कार हो

समृद्धिको सपना देखाएर

सपनाको हत्या गर्नु पनि र

सत्तामा सती गएर जन इच्छाको

तिरस्कार पनि बलात्कार हो

उत्पीडनको आवाज

दबाउनु पनि बलात्कार हो

त्यसो भए म कसको विश्वास गरूँ?

यहाँ असुरक्षा व्याप्त छ

व्यक्ति मात्र हैन

यहाँ समाज पनि बलात्कारी छ

राज्य र राज्य पाल, नेता डाक्टर, व्यापारी , सुरक्षा कर्मी

हरेक अर्को व्यक्ति

नैतिकता र इमानको मुखुण्डो लगाएका बलात्कारीजस्तो लाग्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?