
अ
+
अ
अ
-
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई एक सय ५९ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५८ रन जोड्यो। हैदराबादका मनिष पाण्डेले ५४ र डेभिड वार्नरले ४८ रन बनाए। केन विलियमसनले २२, जोनी बेयर्स्टले १६ र प्रियम गार्गले १५ रन जोडे। राजस्थानका जोफ्रा आर्चर र जयदेव उनाडकट एक एक विकेट हात पारे।
यो खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने छ। ६ खेल खेलेको हैदराबादको ६ र राजस्थानको चार अंक छ।