प्रदेश १ भरि पिसिआर परीक्षण प्रभावित, अधिकांश प्रयोगशाला बन्द

प्रदेश १ भरि पिसिआर परीक्षण प्रभावित, अधिकांश प्रयोगशाला बन्द
+
-

झापा- प्रदेश नं १ का जिल्लाहरूमा कोरोना भाइरसको पिसिआर परीक्षण प्रभावित भएको छ।

प्रदेशका अधिकांश प्रयोगशालाहरूमा परीक्षण बन्द भएपछि पिसिआर परीक्षण प्रभावित भएको स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीहरूले बताएका छन्।

मंगलबार मात्र इटहरी उपमहानगरपालिकाले सूचना जारी गरेर पिसिआर परीक्षण प्रभावित भएको जनाएको छ।

दमक नगरपालिकाले करिब १० दिन अघि पठाएका नमूनाका रिपोर्ट हालसम्म प्राप्त नभएको जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले प्रयोगशालाले नमूना लिन नमानेकाले परीक्षणमा कठिनाई भएको बताए।

उनले भने, ‘हिजो अलि अलि नमूना पठायौँ। आज र भोलि नमूना नपठाउनु भनेका छन् प्रयोगशालाले। निकै गाह्रो भयो।’

प्रदेश नं १ मा विराटनगरको कोशी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी प्रतिष्ठान र मेची अस्पतालका दुईवटा प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन्।

कोशी अस्पतालमा जिल्लाहरू नमूना पठाउन सकेका छैनन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले चाप धान्न सकिरहेको छैन भने बीपी प्रतिष्ठानको ल्याबले शूल्क लिएर मात्र परीक्षण गरिरहेको चौंलागाईंले जानकारी दिए।

मेची अस्पताल भद्रपुरको ल्याब बन्द भएको धेरै दिन भइसक्यो। स्विस कम्पनीको उपकरणमा सोही कम्पनीको रिएजेन्ट नभइ त्यहाँ परीक्षण हुँदैन।

कनकाई नगरपालिकाको कोटीहोममा रहेको ल्याबमा पहिलाकै नमूना रहेकाले सो परीक्षण नगरी कुनै नमूना नपठाउन भनिएको चौंलागाईं बताए।

विर्तामोड नगरपालिकाको क्वारेन्टिनमा बसेका ३५ जनाको पिसिआर परीक्षण गर्न समेत नपाइएको नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्काले जानकारी दिए।

उनले भने, ‘अहिले जति परीक्षण भइरहेको छ त्यो भन्दा १० गुणा बढी परीक्षणको माग छ। तर प्रयोगशालाले नमूना नपठाउन भनिरहेको छ। अप्ठ्यारो छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष