अन्तिम समयमा होस गुमाउँदा हार्‍यो राजस्थान, दिल्ली पुग्यो शीर्षस्थानमा

अन्तिम समयमा होस गुमाउँदा हार्‍यो राजस्थान, दिल्ली पुग्यो शीर्षस्थानमा
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत बुधबार राती भएको खेलमा दिल्लीि क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ।

एक सय ६२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४८ रनमात्र जोड्न सक्यो। राजस्थानका बेन स्टोक्सले ४१, रोबिन उथ्थपाले ३२, सन्जु श्यामसनले २५ र जोस बटलरले २२ रन बनाए। दिल्लीका एनरिच नोर्त्या र तुसार देशपाण्डेले दुई दुई विकेट लिए। कागिसो रबडा, रविचन्द्रन आश्विन र अक्सर पटेलले एक एक विकेट लिए।

राजस्थान एक समय खेल जित्न सक्ने बलियो स्थितीमा देखिएको थियो। उसलाई अन्तिम ओभरमा ३९ रनमात्र चाहिएको थियो भने पाँच विकेट साथमा थियो। उथ्थपा र तेउटिया ब्याटिङ गर्दै थिए। १६ औँ ओभरमा आश्विनले दुई रनमात्र दिए।

१७ औँ ओभरमा राबडाले ९ रन खर्चिएपछि राजस्थानलाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो। तर १८ औँ ओभरको तेस्रो बलमा नोर्त्याले उथ्थपालाई बोल्ड आउट गरे। त्यसपछि राजस्थान लगातार दबाबमा आएको थियो। राजस्थानले कुनै समय ११ ओभरमा ३ विकेट गुमाएर ९५ रन जोडेको थियो। त्यही अवस्थामा अक्सर पटेलले श्यामसनलाई बोल्ड आउट गरेभने रियान परागलाई रनआउट गराए।

पहिला ब्याटिङ गरेको दिल्लीको पालीमा शिखर धवनले ५७ र श्रेयस अय्यरले ५३ रनको योगदान गरेका थिए। दिल्ली ८ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएपछि दिल्ली दोस्रो स्थानमा झरेको थियो। राजस्थानको ८ खेलबाट ६ अंक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?