हरियो रङ लागेका स्वस्थ खसीबोका मात्रै खरिद गर्न काठमाडाैँ महानगरको आग्रह

हरियो रङ लागेका स्वस्थ खसीबोका मात्रै खरिद गर्न काठमाडाैँ महानगरको आग्रह
+
-

काठमाडौँ – काठमाडाैँ महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ।

महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन्।

स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए।

उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनले बताए।

उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगेनबगेको, पखला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ।

यसरी हेर्दा स्वस्थ देखिए विक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताए। चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले बताए।

दसैँको बेला काठमाडौँका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारत देखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई बिक्री वितरण शुरु भइसकेको छ।

यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?