
ढुङ्गाकाे पङ्ति
सरकार झैँ कडा
‘टेकु’ साेझियाे ।
टेकु नटेकु
लत्रिएकाे डाली छ
भुईँमा ब्वाँसाे !
ब्वाँसाहरू हुन्
मुसार्दै सिध्याउने
नश्वर -देह !
देह मर्दैछ
बाँच्दैछ सरकार
एउटा भ्रम ।
भ्रमकाे पर्दा
जीवन ढल्छ खुल्छ
चेत नखुल्दा ।
खुल्छन् केवल
द्रव्यका दुई आँखा
लाेभ र सत्ता !
सत्ताकाे जिद्धि
आफ्नै लयमा मस्त
हामी रमिते ।
रमिता हेर्न
सरकार हेर्ने कि !
दर्पण-छाया !
छाँया अचेल
आफैबाट भाग्दैछ
हरे ! ईश्वर
ईश्वर पाखा,
विष्णुजीलाई काखा
उस्तै हाे भाका !!!
भाका नफेर्दै
अनिष्ट निम्तिसक्छ
सबै बढार्छ !