नेकपा कर्णाली विवाद

प्रचण्डसँग सल्लाह गरेर कर्णाली विवाद मिलाउने ओलीको आश्वासन

प्रचण्डसँग सल्लाह गरेर कर्णाली विवाद मिलाउने ओलीको आश्वासन
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कर्णालीका नेकपा सांसदहरुलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर विवाद समाधान गर्ने आश्वासन दिएका छन्।

शनिबार बालुवाटार दुबै पक्षलाई बोलाएर उनीहरुका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पार्टीको निर्णय सबैले मान्नुपर्ने, कर्णाली विवादको समाधान आफू र अर्का अध्यक्ष प्रचण्ड सल्लाह गरेर गर्ने आश्वासन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीले विवादमा तानिएका दुबै पक्षलाई छलफलका लागि बोलाएका थिए। तर प्रधानमन्त्रीले बालुवाटर बोलाए पनि प्रचण्डले जान अस्वीकार गरेका थिए।

प्रचण्डले आफूले दुबै समूहलाई एक्लाएक्लै बोलाएर उनीहरुको कुरा सुनेको र अहिले ‘तपाईले सुन्नुहोस्, आवश्वक परे हामी सल्लाह गरौँला’ भन्ने जवाफ ओलीलाई दिएर संयुक्त बैठकबाट अलग भएका थिए।

त्यसपछि ओली र पार्टी महासचिव विष्णु पौडेलले दुबै पक्षका कुरा एक–एक गरी सुनेका थिए।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका कर्णाली सहइन्चार्ज यामललाल कँडेललगायत १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

त्यसपछि अविश्वासको प्रस्ताव यथावत राखी छलफलका लागि बिहीबारसम्म काठमाडौँ आउन पार्टीका दुई अध्यक्षले लिखित निर्देशन दिएका थिए।

शनिबारको छलफल सकारात्मक रहेको र छिट्टै नै दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नेमा आफूहरु आशावादी रहेको मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट हालै निलम्बन गरेका सांसद गुलावजंग शाहले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?