सर्लाहीमा गोली प्रहारपछि भाग्ने क्रममा दुर्घटना, संकास्पद व्यक्ति गम्भीर घाइते

सर्लाहीमा गोली प्रहारपछि भाग्ने क्रममा दुर्घटना, संकास्पद व्यक्ति गम्भीर घाइते
+
-

 

जनकपुरधाम- सर्लाहीमा एक व्यक्तिलाई गोली हानी हत्या गर्ने क्रममा संलग्न संकास्पद व्यक्ति भाग्दै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।

हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवलाई शुक्रबार साँझ करिब ८ बजेर २० मिनेटमा गोली प्रहार गरिएको थियो। प्रहरी चौकी हरिपूर्वाबाट करिब ५ सय मिटर दूरीमा यादवको टाउकोमा गोली प्रहार भएको हो। उनलाई उपचारका लागि महोत्तरीको पर्सास्थित जानकी हेल्थ केयर लगिएको थियो, तर पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि भाग्दै गरेका संकास्पद व्यक्तिमध्ये एक जना राति नै हरिपूर्वा–७ मा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। घाइतेलाई जनकपुरधाममा उपचारका लागि ल्याइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

संकास्पद व्यक्तिको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। यस घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…