राजस्थानमाथि बैंगलोरको ७ विकेटको जित, डिभिलियर्सको विष्फोटक ब्याटिङ

राजस्थानमाथि बैंगलोरको ७ विकेटको जित, डिभिलियर्सको विष्फोटक ब्याटिङ
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ। एबी डिभिलिर्यसको अर्धशतकको मद्दतमा बैंगलोरले जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान स्टिभेन स्मिथले ५७, रोविन उथप्पाले ४१, जोस बट्लरले २४, राहुल टेवटियाले १९ र बेन स्टोकले १५ रन जोडेका थिए।

बलिङतर्फ बैंगलोरका क्रिस मोरिसले चार र युवेन्द्र चहलले दुई विकेट लिएका थिए।

यस्तै १७८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको ब‌ैंगलोरले १९ ओभर चार बलमा तीन विके‍टको क्षतिमा लक्ष्य पूरा गरेको हो।

विष्फोटक ब्याटिङ गरेका बैंगलोरका एबी डिभिलियर्सले २२ बलमा ५५ रन बनाए। यस्तै विराट कोहलीले ४३ र देवदत्त पाटिकलले ३५ रन बनाए।

राजस्थानका राहुल टेवटिया, कार्तिक त्यागी र श्रेयस गोपालले बैंगलोरका एक–एक लिएपनि राजस्थानलाई जिताउन सकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?