धनुषाको जटहीमा सिंचाई आयोजनाको शिलान्यास

धनुषाको जटहीमा सिंचाई आयोजनाको शिलान्यास
+
-

जनकपुरधाम– धनुषामा ३ सय ५० हेक्टर जग्गामा सिंचाई आयोजनाको शिलान्यास गरिएको छ। जिल्लाको नगराईन नगरपालिका वडा नं. २ स्थित जटहीमा शनिबार ३ सय ५० हेक्टर जग्गामा पिपरामोईन सिंचाई आयोजनाको शिलान्यास गरिएको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामद्वारा निर्माण हुने सो सिंचाई आयोजनाको शिलान्यास धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा गरेका छन्।

यस आयोजनाले नगराईन नगरपालिकाको जटहीसहितका करिब ५ सयभन्दा बढी घर परिवारका गरी कुल २ हजार ८ सय जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। योजनापछि धान, गहुँ, तेलहन बाली उत्पादनमा बृद्वि हुने सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख वरिष्ठ इन्जिनियर भगवान झाले बताए। उनका अनुसार यस आयोजनाको पानीको मुहान पेरेनियल अर्थात वर्षभरि नै पानी रहने किसिमको हुनेछ।

२२ मिटर लम्बाईको पर्मानेन्ट वेइर स्ट्रक्चरसहित २ किलोमिटर लम्बाईको मुल नहरसहित निर्माण हुन लागेको योजना आगामी आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न हुने उनले बताए। यो आयोजना करिब ११ करोड रुपैयाँको रहेको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले विकास निर्माणको नाममा कांग्रेस र नेकपाले केही गर्न नसकेको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?