अन्तिम ओभरमा १७ रन आवश्यक र पटेलको ३ छक्का, चेन्नईमाथी दिल्लीको रोमान्चक जित

अन्तिम ओभरमा १७ रन आवश्यक र पटेलको ३ छक्का, चेन्नईमाथी दिल्लीको रोमान्चक जित
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन शनिबार राती भएको खेलमा दिल्ली क्यापिटल्सले महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको छ।

एक सय ८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा पाँच विकेट गुमाएर पुरा गर्‍यो। दिल्लीका लागि शिखर धवनले सतक बनाए। उनी एक सय एक रनमा अविजित रहे। तर २१ रनमा अविजित रहेका अक्सर पटेलको योगदान विषेश रह्यो। अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक रहेका बेला अक्सरले तीन छक्कासहित २० रन जोडे।

चेन्नईले रविन्द्र जडेजालाई अन्तिम ओभरमा बलिङका लागि पठाएको थियो। जडेजाले पहिलो बल वाइड बल फ्याँके। त्यसपछि शिखर धवनले एक रन लिएर अक्सरलाई स्ट्राइक दिएका थिए। दोस्रो र तेस्रो बलमा अक्सरले छक्का प्रहार गरे। उनले चौथो बलमा दुई रन लिए र पाँचौँ बलमा छक्का प्रहार गरे। अक्सरले केवल पाँच बलमात्र सामना गरेर २१ रन जोडेका हुन्।

धवनले ५८ बलमा एक छक्का र १४ चौका प्रहार गरे। पृथ्वी श लगातार दोस्रो खेलमा शुन्यमा आउट भएपछि दिल्ली सुरुवातमै दबाबमा आएको थियो।

९ खेलपछि दिल्ली १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। ८ खेलबाट १२ अंक भएको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ। ९ खेलबाट १२ अंक भएको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?