
विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर महानगरपालिका ७ का ८६ वर्षीय बृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको हो।
क्यान्सरबाट पीडित उनको कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको उनले बताए।
त्यसपछि उनलाई असोज २५ गते नोबेलको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार प्रक्रिया सुरु गरिएको दाहालले जानकारी दिए।
अस्पताल प्रशासनका अनुसार मृतकका परिवारका अन्य ३ सदस्यमा समेत कोभिड १९ संक्रमण पुष्टि भएको छ।
उनीहरु होम क्वारेन्टिनमा बसिरहेका छन्।