
विराटनगर – विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका १२ का पुरुषको शनिबार राती १० बजेर ५५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
कोरोना लक्षणसँगै असोज १३ गते पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएका पुरुषलाई सोहीदिन थप उपचारका लागि केन्द्रमा भर्ना गरिएको उनले बताए।
केन्द्रमा भर्ना गरेसँगै १८ दिनपछि पुरुषको गम्भीर अवस्थामा उपचार हुँदै गर्दा मृत्यु भएको उनले बताए।
बिरामी मधुमेह रोगबाट पनि पीडित थिए।