भारतबाट भन्सार छलेर भित्र्याइएको कपडा प्रहरीको नियन्त्रणमा, रातमा हुन्छ तस्करी

भारतबाट भन्सार छलेर भित्र्याइएको कपडा प्रहरीको नियन्त्रणमा, रातमा हुन्छ तस्करी
+
-

माेरङ– मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले अवैध रुपमा भारतबाट भित्रिएको करिब साढे १२ लाख रुपैयाँ बराबरको लत्ता कपडा तथा खाद्यान्न बरामद गरेको छ।

विराटनगरको बखरीस्थित सशस्त्र प्रहरीको बीओपी टोलीले ९ लाख २१ हजार रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीका मोरङ प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार विराटनगर महानगरपालिकाको केसलीयातर्फबाट शनिबार राति साढे ११ बजेतिर अवैध कपडा नियन्त्रणमा लिइएको हो।

उखुबारी हुँदै बोरामा प्याक गरेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा कपडा फेला पारिएको हो। यसक्रममा सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरु भने कपडाका बोरा छाडेर भागेको उनले बताए। पौडेलका अनुसार बरामद गरिएको १६ बोरामा कुर्ता सलवार, टप्स लगायतका कपडा भन्सार नतिरी लुकाइछिपाइ भित्र्याइएको हो।

शनिबार राति नै सशस्त्रको बीओपी रानीको टोलीले महानगर र भारतको सीमा क्षेत्र ईश्लामपुर र मटेरुवा हुँदै भारतबाट तस्करी गरिएको अवस्थामा थप लत्ता कपडा, खाद्यान्न बरामद गरेको छ। बरामद गरिएका सामाग्री करिब १ लाख ४० हजार रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ।

अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय मोरङले मोरङका विभिन्न स्थानबाट तस्करीका कपडा, मटर र मदिरा बरामद गरेको छ। विराटनगर महानगरपालिका–८ बाट को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सामाग्री बरामद गरिएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए।

खड्काका अनुसार कुर्ता सलवार १ सय ६५ पिस, कुर्ती सिंगल ६ सय ८ पिस र केटाकेटीको कपडा २६ पिस नियन्त्रणमा लिइएको छ। विराटनगर १६ दरैयाका टेम्पो चालक दीपक दासलाई नियन्त्रणमा लिइएको बताएको प्रहरीका अनुसार बरामद गरिएको अवैध सामानको मूल्य १ लाख ८० हजारभन्दा बढीको रहेको छ। प्रहरीले विराटनगर–१७ मटेरुवाबाट भारततर्फ तस्करी हुँदै गरेको १८ बोरा अवैध केराउ प्रहरीले बरामद गरेको छ।

सशस्त्र र नेपाल प्रहरीले तस्करीका कपडा लगायतका सामान र टेम्पो तथा चालकलाई आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?