
अ
+
अ
अ
-
काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारको लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ।
आइतबार मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता जागेश्वर गौतमले आइसीयू लगायतका पूर्वाधारहरू कोभिड–१९ को व्यवस्थापनका लागि छुट्याउन आग्रह गरेका हुन्।
उनले भने, ‘अबदेखि निजी, सहकारी, सामुदायिक, मेडिकल कलेज तथा सरकारी अस्पतालले कम्तीमा पनि ५० प्रतिशत संक्रमितको उपचारको लागि छुट्याउन पर्ने छ।’
यो भन्दा अगाडि संक्रमितको उपचारको लागि निजि तथा सामुदायिक अस्पतालमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेडको व्यवस्था गरिएको थियो।