
माेरङ– कोरोना भाइरस संक्रमण पुष्टिपछि होम आइसोलेसनमा बसिरहेका विराटनगर महानगरपालिकाका एक बृद्धको अस्पताल लैजान नपाउँदै मृत्यु भएको छ।
महानगरपालिकाका नगर रक्षक प्रहरी निरीक्षक राजन पौडेलका अनुसार महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय बृद्धको आइतबार विहान करिब १० बजे मृत्यु भएको हो।
पौडेलका अनुसार कोरोना संक्रमणको लक्षणसँगै पीसीआर परीक्षण गरेका बृद्धको असोज २८ गते पोजिटिभ रिपोर्ट आएको थियो। त्यसयता बृद्धको अवस्था सामान्य रहेको थियो। आइतबार विहान श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि घरमै मृत्यु भएको पाैडेलले बताए।
पिसाब थैली र उच्च रक्तचापका विरामी समेत रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने तयारीकाबीच मृत्यु भएको हो।