काठमाडौँका ९ शक्तिपीठहरुको हाल: कतै ताल्चा, कतै बाहिरैबाट दर्शन गर्ने व्यवस्था (फोटो फिचर)

काठमाडौँका ९ शक्तिपीठहरुको हाल: कतै ताल्चा, कतै बाहिरैबाट दर्शन गर्ने व्यवस्था (फोटो फिचर)
+
-

काठमाडौँ– नेपालीहरुको महान चाड दसैँ भित्रिसकेको छ। घटस्थापनासँगै नवरात्रीमा विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ। तर, यसपालि भने कुनै शक्तिपीठको मूल ढोकामा ताला लागेको छ भने खोलिएकोमा पनि बाहिरबाट नै दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

संकटा मन्दिर।

सरकारले कोरोना संक्रमण रोकथामका लागि भनेर नित्यपूजा बाहेक अन्य पूजाआजा नगर्ने भने पनि आधिकारिक पत्र भने नआएको पूजारीहरु बताउँछन्। त्यस्तै भद्रकाली मन्दिरमा शनिबार ११ बजेबाट प्रहरी आएर ताल्चा लगाएको छ।

भद्रकाली।

मैतीदेवी मन्दिर पहिलो लकडाउनमा बन्द गरी लकडाउन खुलेपछि केहि दिन खोले पनि अहिले मुख्य गेटमा ताल्चा लगाइएको छ। गुहेश्वरी मन्दिरमा चैतदेखि नै मुख्य गेटमा ताल्चा लगाइएको छ।

शोभा भगवती मन्दिर।

शोभाभगवती मन्दिरमा शनिबारबाट भक्तजनको भीड भएपछि बाहिरबाट दर्शन गर्ने व्यवस्था गरिएको छ। नक्साल भगवती मन्दिरमा पनि बाहिरबाट दर्शन गर्ने बनाइएको छ।

नक्साल भगवती।

नरदेवी मन्दिरमा पनि बाहिरबाटै दर्शन गर्ने व्यवस्था गरिएको छ। ताल्चा भने लगाइएको छैन। रक्तकाली मन्दिरमा ताल्चा लगाइएको छ। कालिकास्थान मन्दिर भने खुलेको छ। तर भक्तजन भने खासै नभएको त्यहाँका पूजारीले बताए।

भद्रकाली मन्दिर।

संकटा मन्दिर पनि चैतबाट बन्द छ। महांकाल मन्दिर पनि मूल गेटमा ताल्चा नलगाए पनि बाहिरबाट दर्शन गर्ने व्यवस्था छ।

भद्रकाली, मैतीदेवी, गुह्यश्वरी, शोभाभगवती, नक्साल भगवती, नरदेवी, रक्तकाली, कालिकास्थान, संकटा नौ शक्तिपीठको दर्शनसँगै महांकालको दर्शन गर्ने चलन रहेको छ।

रक्तकाली मन्दिर।

नाम नलेख्ने शर्तमा एक पूजारीले भने, ‘हामीले कसरी भगवानको दर्शन गर्ने? आएका भक्तजनलाई फर्काउन गाह्रो भएको छ। नेपालीले दुःख पर्दा भगवानलाई नै सम्झने गर्छन्। अहिले कोरोनाको कारणले पनि खासै भक्तजन छैनन्। खोल्यो भने प्रहरी आएर बन्द गराउँछ।’

नरदेवी।

कालिकास्थान मन्दिर।

गुह्येश्वरी मन्दिर।

गुह्यश्वरी।

महांकाल मन्दिर।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?