मोरङमा ३ गतेदेखि दसैँको पूर्णिमासम्म निषेधाज्ञा

मोरङमा ३ गतेदेखि दसैँको पूर्णिमासम्म निषेधाज्ञा
+
-

माेरङ– कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्वलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङमा बढ्दै गएको संक्रमितको अवस्था हेर्दै प्रशासनले चाडपर्वका बेला अवस्था थप गम्भीर हुनसक्ने भन्दै स्थानीयलाई सजग गराएको मोरङका जिल्ला प्रमुख कोषहरि निरौलाले जानकारी दिए।

प्रशासन कार्यालयमा आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मुख्यतः मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

यसक्रममा जिल्लाभर राति ८ बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामोदूरीका बाहेक अन्य सवारीको आवतजावतमा रोक लगाएको उनले बताए।

चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको उनले जानकारी दिए।

यद्यपि दसैँका लागि घर आउने तथा जानेहरुका लागि हाल रोक नगाइएको प्रशासनले जनाएको छ। बैठकले जारी गरेको आदेश उल्लंघन नगर्न आग्रह गर्दै प्रशासनले आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?