शिक्षककाे घाँटी रेटेर हत्या गरेकाे विराेधमा फ्रान्सभर प्रदर्शन

शिक्षककाे घाँटी रेटेर हत्या गरेकाे विराेधमा फ्रान्सभर प्रदर्शन
+
-

पैगम्बर माेहमदको कार्टून आफ्ना विद्यार्थीलाई देखाएपछि घाँटी काटेर हत्या गरिएका शिक्षकको न्यायका लागि फ्रान्सभर प्रदर्शन भएको छ । ४७ वर्षका शिक्षक सामुअल पाटीको राजधानी पेरिस नजिकै रहेको उनकै विद्यालय बाहिर शुक्रबार हत्या भएको हो ।

पेरिससहित फ्रान्सभर शिक्षक पाटीको समर्थनमा विद्यार्थी तथा सर्वसाधारण निस्किएका हुन् । अब्दुलाख ए नाम गरेका व्यक्तिले शिक्षक पाटीको स्कूल नजिकै हत्या गरेका हुन् ।

प्रहरीको गोली लागेर १८ वर्षका ती व्यक्तिको पनि मृत्यु भएको छ । सामुअल पाटीले पेरिसको उत्तर पश्चिममा रहेको विद्यालयमा इतिहास तथा भूगोल पढाउने गरेका थिए ।

शिक्षक सामुअल पाटी

हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ११ जना पक्राउ परेको स्थानीय प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । उनीहरु मध्ये चारजना हत्याराका नजिकका आफन्त हुन् ।

स्थानीय समय अनुसार गएको शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका थिए । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताएका छन् ।
वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको म्याक्रोँको भनाई छ ।

सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टूनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो । सो घटनाको सुनुवाई अहिले जारी छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?