दसैँ भत्ता दिएर सरकारले बदनाम गराउन खाेज्याे: प्रकाशमान सिंह

दसैँ भत्ता दिएर सरकारले बदनाम गराउन खाेज्याे: प्रकाशमान सिंह
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले दसैँ भत्ताका रुपमा प्राप्त भएको रकम फिर्ता गर्ने बताएका छन्।

देश र जनता कोरोना भाइरसको महामारीका कारण गम्भीर समस्यामा रहेका बेला सरकारले सांसदलाई दसैँ भत्ता दिएर बदनाम गराउने प्रयास गरेको आरोप उनले लगाएका छन्।

सांसद सिंहले विज्ञप्ति निकालेर दसैँ भत्ता नलिने घोषणा गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ताको निर्णय गरेर आफू जस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गर्छु।’

महामारीका बेलामा सांसदलाई दसैँ भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजना रहेको भन्दै उनले त्यस विरुद्ध कांग्रेस उभिनु पर्ने उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय छ। आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ।’

नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर रहेको उनले आरोप लगाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?