अध्ययन भन्छः ‘वायु प्रदूषणले कोरोनाको जोखिम थप भयावह’

अध्ययन भन्छः ‘वायु प्रदूषणले कोरोनाको जोखिम थप भयावह’
+
-

भारतको राजधानी दिल्लीसहित उत्तरी क्षेत्रका अरु विभिन्न शहरमा वायु प्रदूषण पछिल्लो दुई हप्तादेखि लगातार बिग्रने क्रममा छ। वायुको गुणस्तर कम हुँदै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध थप जटिल बन्दै गएको छ ।

विश्वभर भएका विभिन्न अध्ययनहरुले वायु प्रदूषण र कोरोना भाइरसको संक्रमण दर तथा त्यस मार्फत हुने मृत्युबिच सकारात्मक सम्बन्ध देखाएका छन् ।

हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा वायुमा हुने खतरनाक प्रदूषित कण (पिएम २.५) को मात्रा प्रति घनमिटरमा एक माइक्रोग्राम मात्रै वृद्धि भएमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा ८ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानमा प्रदूषित वायु रहेको क्षेत्रका बासिन्दा र उनीहरुमा कोरोना भाइरसको संक्रमणको गम्भीरताबिच सम्बन्ध रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणका सम्बन्धमा नाइट्रोजन अक्साइड, कारसहितका सवारी साधानबाट निस्कने धुवाँ तथा इन्धन जलाउँदा निस्कने धुवाँका कारण जमिनको तहमा रहेको ओजोन सबैभन्दा घातक रहेको देखिएको छ ।

प्रदूषित वायुले कोरोना भाइरसका कारण हुने संक्रमणलाई थप सघन र गम्भीर बनाउन सहयोग गर्ने अनुसन्धानकर्ता मार्को ट्राभाग्लिओले बिबिसीसँग बताएका छन् ।

दिल्लीको वायु प्रदूषण अबका केही महिनामा थप गम्भीर बन्ने विज्ञले बताएका छन् । तस्बिर : गेट्टी इमेज

पछिल्ला हप्ताहरुमा दिल्लीको वायुमा एमपी २.५ को तह १८०–३०० माइक्रोग्राम प्रति घनमिटर रहेको छ । जुन विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले तय गरेको सुरक्षित स्तर भन्दा १२ गुणा माथि हो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै लागु भएको लकडाउनका कारण दिल्लीसहित विश्वका अरु प्रदूषित शहरका बासिन्दाले स्वच्छ हावाको सास लिन पाएका थिए । तर लकडाउन खुलेसँगै पुनः प्रदूषण बढेको हो ।

भारतमा वायु प्रदूषण र कोरोना भाइरस संक्रमण तथा त्यसबाट हुने मृत्युका सम्बन्धमा केन्द्रित भएर भएको अनुसन्धानको प्रतिवेदन आउन बाँकी छ ।

तर डाक्टर तथा सरुवा रोग विज्ञहरुले विगत लामो समयदेखि प्रदूषित वायुले कोरोना भाइरस विरुद्धको भारतको युद्धलाई प्रभावित गर्ने चेतावनी दिँदै आएका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ५० हजार भन्दा बढी पुगेको छ । यस्तै कोभिड–१९ बाट भारतमा एक लाख १४ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?