
धनगढी – गएकाे शनिबार रातिदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शब मंगलबार मोहना नदीबाट निकालिएको छ ।
मंगलबार बिहान मोहना नदीमा फेला परेको उनको शव प्रहरीले केही बेरअघि निकालेको हो।
उनको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनी पनि अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान हुन् ।
अस्थायी प्रहरी पोष्ट इन्चार्ज एंव प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा जवान साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिँहले जानकारी दिए।
उनका अनुसार शवको अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको छ । उनको टाउकोमा ठूलो घाउ देखिएको प्रहरीले जनाएको छ।