प्रदेश–१ मा एकैदिन थपिए ८७० जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज

प्रदेश–१ मा एकैदिन थपिए ८७० जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज
+
-

माेरङ– सुनसरीमा ४ सय ४९ सहित प्रदेश १ मा हालसम्मकै उच्च ८ सय ७० जनामा  कोभिड–१९ संक्रमण पुष्टि भएको छ। प्रदेशमा दैनिक संक्रमणको यो हालसम्मकै उच्च संख्या हो।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेर्‍हथुममा समान २, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा समान १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा १ सय ६५ महिला र २०० पुरुषमा गरी ३ सय ६५ जनामा संक्रमण देखिएको छ। सुनसरीकै इटहरी उपमहानगरपालिकामा ५३, बराहक्षेत्र नगरपालिकामा १२, इनरुवा नगरपालिकामा १०, रामधुनी र दुहवी नगरपालिकामा समान ३, गढी, हरिनगर र बर्जु गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मोरङको विराटनगर महानगरपालिकामा २ सय ३२, सुन्दरहरैंचा नगरपालिकामा २२, पथरीशनिश्चरे नगरपालिकामा १७, बुढीगंगा गाउँपालिकामा १२, रंगेली नगरपालिकामा १०, धनपालथान गाउँपालिकामा ८, बेलबारी नगरपालिकामा ६, ग्रामथान गाउँपालिकामा ५, जहदा र केराबारी गाउँपालिकामा समान ४, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा समान ३, लेटाङ नगरपालिका, कटहरी र मिक्लाजुङ गाउँपालिकामा समान २, सुनबर्षी नगरपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि झापाको विर्तामोड नगरपालिकामा ११, मेचीनगर र भद्रपुर नगरपालिकामा समान ४, दमक नगरपालिका र हल्दीबारी गाउँपालिकामा समान ३, कमल र बुद्धशान्ति गाउँपालिकासँगै शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा समान २, बाह्रदशी गाउँपालिका र गौरादह नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ।

पहाडी क्षेत्रतर्फ इलामको चुलाचुली गाउँपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ र सुर्योदय नगरपालिकामा १ मा कोरोना पुष्टि भएको छ। उदयपुरको कटारी नगरपालिकामा ५, त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा समान १, सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिकामा ६, संखुवासभाको मकालु गाँउपालिका र सिलिचोङ गाउँपालिकामा समान १, तेह्रथुमको लालीगुराँस नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यससंगै प्रदेशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८ सय ५८ पुगेको छ।

यस्तै प्रदेशमा मंगलबार १ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न स्थानका होमआइसोलेसनबाट १ सय ३, विराटनगरको होटल एसियाटिक आइसोलेसनबाट ३६ र झापाको मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ८४ पुगेको छ।

प्रदेशमा मंगलबार १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। जसमा ३ सय ४८ महिला र ५ सय २२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ४८ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?