विराटनगरमा १०० शैयाको कोरोना केयर सेन्टर निर्माण हुने

विराटनगरमा १०० शैयाको कोरोना केयर सेन्टर निर्माण हुने
+
-

मोरङ– प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र नीजि क्षेत्रको समन्वयमा कोरोना संक्रमितका लागि एक सय शैयाको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सेन्टरको मुख्य सल्लाहकारमा रहने गरी संविधानसभा सदस्य पवन सारडाको अध्यक्षतमा १३ सदस्यीय समिति मंगलबार गठन गरिएको विराटगरका मेयर भीम पराजुलीले जानकारी दिए।

यसअघि कोरोना परीक्षणका लागि पीसीआर मेशिनदेखि आरएनए एक्ट्रयाक्सन मेशिन खरिदमा समेत नीजि क्षेत्रले सहयोग गरेको बताएका मेयर पराजुलीले महानगर हाताभित्रै केयर सेन्टर बनाउने बताए। सो क्रममा राहत कोष स्थापना गरी काम गरिएको बताएका उनले सोही कोषसँगै यसको क्षेत्राधिकार बृहत बनाउने गरी सेन्टरको अवधारणा अघि बढाइएको जानकारी दिए।

मंगलबार विराटनगरमा सम्पन्न कोभिड १९ सेन्टर निर्माण समितिको पहिलो बैठकले विराटनगरबासीको हितका लागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट आम नागरिक लाभान्वित हुने अपेक्षा गरेको छ। समितिका अध्यक्ष सारडाले चाँडै महानगर र प्रदेश सरकारको समेत सहयोगमा काम थालिने बताए।

समितिमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे , मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा ,विराट व्यपार संघका अध्यक्ष सुजन थापा, उद्योगीहरु महेश जाजु, सुशील धनावत, नविन रिजाल, लायन्स क्लबका राजन खत्री, नेपाल बार एशोसिएसनका पुनम गुप्ता, रोटरी क्लबका बिजु थपलिया, सामाजिक अभियन्ता सुची चौधरी र सदस्यसचिवमा पुनमकुमार दाहाल रहेका छन्।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राउतले यसअघि प्रदेश सरकारले स्थापना कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएको कोषमा ११ लाख रुपैयाँ र महानगरको पहलमा गठित कोभिड १९ राहत कोषमा ७ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

नेपाली कांग्रेसका नेता कोइरालाले केहीदिन अघि अक्सिजनसहितको १ सय शैयाको प्रि–कोभिड अस्पताल निर्माणका लागि अभियान थाल्न ‘जुम’ छलफल गरेका थिए। सोही अभियान अन्तर्गत विराटनगर महानगरपालिका र नीजि क्षेत्र प्रि–कोभिड अस्पताल निर्माणमा जुटेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?