
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
मंगलबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ ले पराजित गरेको हो। २३ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।
५५ औँ मिनेटमा एन्थोनी मार्सलले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा बराबरीको अवस्थामा आयो । तर ८७ औँ मिनेटमा पउल पोग्बाको सहयोगमा मार्कस रासफोर्डले गोल गरी युनाइेटडलाई २–१ को महत्वपूर्ण जित दिलाएका हुन् ।
समूह एच अन्तर्गत राति नै भएको खेलमा आरबी लेइप्जिगले स्थानबुल बासाक्सेहिरलाई २–० ले पराजित गरेको छ।