
किंग्स इलाभेन पञ्चाबले आइपीएल–१३ मा जितको ह्याट्रिक पूरा गरेकाे छ ।
पञ्जाबले मंगलबार दुबईमा खेलिएको खेलमा शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ। दिल्लीले जितका लागि दिएको १६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्याे।
पञ्जाबका लागि निकोलस पुरनले सर्वाधिक ५३ रन बनाए। खेलमा शिखर धवनको शतक दिल्लीका लागि पर्याप्त भएन । दिल्लीका लागि धवनले अविजित रहँदै १०६ रन बनाए । खेलमा उनी म्यान अफ द म्याच पनि चुनिए।
आइपिएल–१३ मा पञ्जाबको यो चौथो जित हो र दिल्लीलाई तेस्रो पटक हारको झट्का लागेको छ। पञ्जाब अब अंक तालिकामा पाँचौ नम्बरमा उक्लेको छ।
खेलमा किंग्स इलाभेन पञ्जाबको सुरुवात गतिलो थिएन। अक्षर पटेलले तेस्रो ओभरमा पञ्जाबका कप्तान केएल राहुललाई पेभेलियन फर्काए। ११ बलको सामना गरेका उनले १५ रन बनाए।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस गेलले पाँचौ ओभरमा तुषार देशपाण्डेलाई निशानामा पारे। गेलले उक्त ओभमार तीन चौका र दुई छक्का हिर्काए।
तुषारको उक्त ओभरमा कुल २६ रन बन्यो । पाँचौँ ओभरमा पञ्जाबको स्कोर एक विकेटमा ५० रन पुग्यो। छैठौँ ओभरमा आर अश्विनले गेललाई क्लिन बोल्ड गरे । गेलले १३ बलको सामना गर्दै २९ रन बनाए।
यही ओभारमा कोकोलस पुरनसँग रन लिने क्रममा भएको गल्तीका कारण मयंक अग्रवाल पनि रन आउट भए। उनले मात्र पाँच रन बनाउन सके। तेस्रो विकेट झर्दा पञ्जाबको स्कोर ५६ थियो। यतिबेला दिल्लीको टिम पञ्जाबमाथि भारी परिरहेको थियो।
पुरन टिममाथि परेको दबाब कम गर्न जुटे र आठौँ ओभरमा अश्विनको बलमा उनले चौका हिर्काए। नवौँ ओभरमा देशपाण्डेको बलमा एक छक्का र दुई चौका जमाए। पुरनले १० औँ ओभरमा मार्कस स्टोइनिसको बलमा पनि एक चौक र एक छक्का हिर्काए।
रनको वर्षातसँगै १० ओभरपछि पञ्जाबको स्कोर तीन विकेटमा १०१ रन भयो। ११ औँ ओभरमा पुरनले अक्षर पटेलको बलमा छक्का प्रहार गरे। १३ औँ ओभरमा कागिसो रबाडाको बलमा चौका हिर्काउँदै उनले हाफ सेन्चुरी पूरा गरे तर लगत्तैको बलमा उनी आउट भए। पुरनले २८ बल खेल्दै ५३ रनको योगदान दिए।
चौथो विकेट झरेपछि पञ्जाबको स्कोर १२५ भइसकेको थियो। अब ७.३ ओभरमा मात्र ४० रनको आवश्यकता थियो। अब पञ्जाबको भरोसा पुरनसँग चौथौ विकेटका लागि ६९ रनको साझेदारी गरेका मेक्सवैलको अडियो।
अवसर पाउनेबित्तिकै बललाई बाउण्ड्री बाहिर हिर्काउँदै मैक्सवेलले रन जोडिरहका थिए। १५ ओभरपछि पञ्जाबको खातामा १४१ रन थियो र अन्तिम पाँच ओभरमा २४ रन आवश्यक थियो।
१६ औँ ओभरमा रबाडाले मैक्सवेलको पारीमा ब्रेक लगाए। उनले २४ बलमा ३२ रन बनाए। पञ्जाबलाई अन्तिम चार ओभरमा जितका लागि १७ रन जोड्नु थियो ।
१७ औँ ओभरमा पञ्जाकको स्कोर १५० भइसकेको थियो । अश्विनले यो ओभरमा मात्र तीन रन दिए । दीपक हुड्डाले १८ औँ ओभरमा अक्षर पटेलको बलमा चौका हिर्काउँदै टिममाथि परेको दबाब घटाए। अन्तिम दुई ओभरमा पञ्जाबले अब मात्रै ८ रन बनाउनु थियो।
१९ औँ ओभरको पाँचौ बलमा स्टोइनेसले हुड्डाको क्याच मिस गरे। लगत्तैको बलमा जेम्स निशले छक्का हिर्काउँदै पञ्जाबलाई उत्कृष्ट जित दिलाए। निशम १० र हुड्डा १५ रन बनाएर अविजित रहे ।
यसअघि शिखर धवनको शतकको बलमा दिल्लीले २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो । धवनले ६१ बलमा १०२ रन बनाए। पारीमा उनले १२ चौका र तीन छक्का हिर्काए।
आइपिएल –१३ मा धवनको यो लगातार दोस्रो शतक हो। यसअघि धवनले चेन्नाई सुपर किंग्सविरुद्ध १०१ रन बनाएर दिल्लीको जित सहज पारेका थिए ।
पञ्जाबविरुद्धको खेलमा शतक प्रहार गर्दै धवन आइपिएल १३ मा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचिमा दोस्रो नम्बरमा पुगेका छन्। उनले हालसम्म ४६५ रन बनाएका छन्।
पञ्जाबका कप्तान केएल राहुल ५४० रनका साथ पहिलो नम्बरमा छन्। पञ्जाबविरुद्धको खेलमा धवनबाहेक दिल्लीका अरु खेलाडी खासै चलेनन्।
पञ्जाबका लागि मोहम्मद शमीले सबैभन्दा किफायती बलिङ गरे। उनले २८ रन दिएर दुई विकेट लिए। ग्लेन मैक्सवेल, जेम्स निशम र मुरुगन अश्विनले एक–एक विकेट लिए।
आइपिए –१३ अन्तर्गत आज तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर र चौथो स्थानको कोलकत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।