गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍याे मुद्दा

गुगलविरुद्ध अमेरिकी सरकारले दायर गर्‍याे मुद्दा
+
-

इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध अमेरिका सरकारले मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ।

अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो।

एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो ।

गुगलले मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

गुगलले भनेको छ, ‘मानिसहरुले गुगलको प्रयोग आफ्नो रोजाइका कारण गर्छन्, न कि बाध्य पारिएका कारण वा अरु विकल्प नभेट्टाएका कारण ।’

गुगलका प्रमुख सुन्दर पिचाइ।

अमेरिकाको न्याय विभाग र ११ राज्यले संघीय अदालतमा दायर गरेको मुद्दामा गुगलले रहेक वर्ष अर्बौँ डलर विभिन्न ब्राउजर तथा मोबाइल फोनसहितका डिभाइसमा गुगललाई ‘डिफल्ट’ का रुपमा इन्स्टल गर्नका लागि खर्च गर्ने गरेको उल्लेख छ ।

यस्तो कार्यले गुगलको स्थान इन्टरनेटमा द्वारपाल (गेटकिपर) को जस्तो भएको र यसले इन्टरनेटमा हुने खोजीमा उसको एकाधिकार कायम भएको उल्लेख छ । अमेरिकामा इन्टरनेटमा हुने खोजीको ८० प्रतिशत गुगल मार्फत हुने गरेको छ ।

इन्टरनेट मार्फत हुने खोजीमा हुनु पर्ने प्रतिस्पर्धा खारेज गर्ने काममा गुगल सक्रिय रहेको आरोप छ । एकाधिकार अन्त्य गरी खोजीको गुणस्तर बढाउने तथा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको सुनिश्चितता गर्नु पर्ने मुद्दामा माग गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?