
विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका १६ का स्थानीय ९० वर्षीय बृद्धको उपचारका क्रममा मंगलबार बेलुका ४ बजे मृत्यु भएको हो।
उच्च रक्तचाप र मधुमेहबाट पीडित बृद्धमा असोज ३० गते कोभिड १९ को रिपोर्ट पोजिटिभ देखिएको थियो।
कार्तिक १ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका बृद्धको स्वास्थ्य अवस्था जटिल बन्दै गर्दा मंगलबार अपरान्ह मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।