
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व भत्ता रकम कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय प्रदेश मन्त्रीपरिषदले गरेको छ ।
प्रदेश मन्त्रीपरिषदको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मन्त्रीपरिषदका सबै सदस्यले आफूहरुले पाउने भत्ता रकम कोषमा जम्मा गर्ने निर्णय मन्त्री परिषद मार्फत गरेका हुन् ।
केन्द्र सरकारले सांसदहरुलाई दसैँ भत्ता दिएपछि त्यसको आलोचना भइरहेका बेला गण्डकी प्रदेश सरकारले रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।