
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् ।
कोरोना भाइरसको महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले यो आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएका हुन्।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा व्थवस्थित गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
विज्ञप्ति: pic.twitter.com/UEccoZBwZn
— Office of the President of Nepal (@ShitalNiwas) October 21, 2020