
अलराउन्डर ड्वेन ब्राभो इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको जारी सिजनका बाँकी खेल खेल्न नसक्ने भएका छन्।
चोटका कारण चेन्नईका यी खेलाडी खेल्न नसक्ने भएका हुन्। अक्टोबर १७ तारिखमा दिल्ली क्यापिटल्ससँग भएको खेलमा ब्राभो घाइते भएका थिए। तीन पटकको विजेता र पाँच पटकको उपविजेता चेन्नई यो सिजन पहिलो चरणबाटै बाहिरिने सम्भावना देखिएको छ।
क्यारेबियन प्रिमियर लिग खेल्दा लागेको चोटका कारण ब्राभोले यो सिजन आईपीएलका सुरुवाती तीन खेल गुमाएका थिए। उनले ६ विकेट लिएका थिए ६ खेलमा।