
जनकपुरधाम– प्रदेश २ मा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार ८९ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
गौर अस्पताल रौतहट, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिरहामा १९, धनुषामा १६, पर्सामा १३, रौतहटमा ८, बारामा ८, सप्तरीमा ५ र सर्लाहीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै बुधबार ३५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए। आज सिरहामा २२, पर्सामा ६ र सप्तरीमा ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्याय १३ हजार ४२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।
आज पर्साको वीरगंज महानगरपालिका वडा नं. ४ विर्ताका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।
हाल प्रदेशभर १ हजार ८ सय ८४ सक्रिय संक्रमित रहेका छन्।