
युरोपा लिग फुटबलमा इटालियन क्लब एसी मिलानले विजयी सुरुवात गरेको छ । समूह एच अन्तर्गत बिहीबार राति भएको खेलमा एसी मिलानले सेल्टिकलाई ३-१ ले पराजित गरेको हो ।
पहिलो हाफमा दुई गोल गरेको एसी मिलानले दोस्रो हाफमा एक गोल गरेर एक गोल खाएको हो ।
अवे मैदानमा भएको खेलमा एसी मिलानका लागि क्रूनिक, डियाज र हाउगले गोल गरे । सेल्टिकका लागि एलयूनोउसीले एक गोल फर्काएका हुन् ।
आर्सनलले पनि युरोपा लिगमा विजयी सुरुवात गरेको छ । उसले रापिड भिएनालाई २-१ ले पराजित गरेको हो ।